शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द गरिएको जानकी मन्दिर २ घण्टापछि खोलियो

जनकपुरधाम । शंकास्पद वस्तु राखिएको हल्ला पछि भक्तजनहरुका लागि बन्द गराइएको जानकी मन्दिर दुई घण्टा पछि खोलिएको छ । शंस्कास्पद बस्तु भएको हल्ला भएपछि केहीबेर मन्दिर पूरै खालि गराइएको थियो । 

जानकी मन्दिरमा प्रहरी परिचालन गरिएको थियो । प्रदेश प्रमुख प्रद्युम्न कार्कीले शंस्कापद बस्तु भएको र छानबिन गरिरहेको जानकारी दिए । 

जानकी मन्दिर परिसरमा कुनै प्रकारको शंकास्पद वस्तु नभेटिएपछि फेरी भक्तजनहरुका लागि खुल्ला गरिएको हो । मन्दिरमा शंकास्पद वस्तु राखिएको हल्ला चलेपछि मध्यान्ह साढे १२ बजे प्रहरीले जानकी मन्दिर भित्र रहेका भक्तजनहरुलाई बाहिर निकालेको थियो, भक्तजनहरुलाई मन्दिर परिसर प्रवेशमा रोक लगाइएको थियो । 

उनले भने ‘मन्दिर परिसरमा प्रशिक्षित कुकुरबाट सर्च गराइएको र शंकास्पद वस्तु राखिएको कुरा हल्ला मात्रै सावित भएको छ ।’ यस अघि शंकास्पद वस्तु राखिएको हल्ला पछि मन्दिर परिसर भित्रबाट मन्दिरका पूजारी, मन्दिर पसल संचालन गर्नेहरु तथा भक्तजनहरुलाई बाहिर निकालिएको थियो । मन्दिर परिसरबाट सबैलाई बाहिर निकालिएपनि चौबिसै घण्टा चल्ने रामनाम संकिर्तण भने जारी नै रहेको थियो । 

मन्दिर परिसरमा दुई दर्जनभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । साढे १२ बजे बन्द गरिएको मन्दिर साढे दुई बजे मात्रै खोलिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर