• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

ट्रम्प र मोदीले गरे एक अर्काेकाे प्रशंसा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्काको प्रशंसा गरेका छन् । अमेरिकाको टेक्सासमा भएको ‘हाउडी मोदी’ कार्यक्रमको क्रममा ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।

अमेरिकाको इतिहासमा कुनै पनि विदेशी नेताको समर्थनमा यति ठूलो आम र्‍याली भएको र त्यसमा अमेरिकी राष्ट्रपति सहभागी भएको यो पहिलो पटक हो ।

ह्युस्टनमा भएको कार्यक्रममा झण्डै ५० हजार जनाको सहभागिता थियो । मोदी र ट्रम्प स्टेजमा उक्लनु पूर्व सहभागीलाई ९० मिनेटसम्म ४०० सय प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।

ट्रम्पले भिडलाई सम्बोधन गर्दै भने, ‘म यहाँ (टेक्सास) मा तपाईँहरु सामु उभिन पाउँदा अति खुशी छु, साथमा अमेरिकाको सबैभन्दा समर्पित सच्चा साथी भारतीय प्रधानमन्त्रीसहित ।’ भारतीय प्रधानमन्त्री मोदीले पनि भारत अमेरिकाको सच्चा साथी रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर