• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

एनआरएनएको नवौं विश्व सम्मेलनका प्रतिनिधि काठमाडौंमा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ । 

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिएकी छने । एनआरएनएको सो सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । 

५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ । भोली (बिहीबार)बाट सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने पनि सचिव गुरुङले बताइन् ।

उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने पनि बताएन् । असोज २८ गते मंगलबार राजधानीको पाँचतारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सो सम्मेलनको उद्घाटन गर्नु हुनेछ । 

त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ । सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेकी छन् । 

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर