• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

आजको पत्रपत्रिका: प्रहरीले १२ वर्षअघि नै आलमविरुद्ध सर्वस्वसहित जन्मकैद मागदाबी गरेको थियाे

आजको पत्रपत्रिकामा कुमार पौडेलबारे आयोगको निष्कर्ष झुटो मुठभेड शिर्षकमा सबैजसो पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । साथै विभिन्न राजनीतिक घटनाक्रमको विषय आजको पत्रिकाको प्रमुख हेडलाइन बनेका छ ।

कान्तिपुर दैनिकमा विप्लव नेकपाको सर्लाही इञ्चार्ज कुमार पौडेलालाई प्रहरीले पक्रेर गोली हानेको मानवअधिकार आयोगको निष्कर्ष रहेको छ । आयोगले हत्यामा संलग्न प्रहरीलाई कारबाही र आदेश दिने अधिकारीमाथि छानविनको निर्देशन दिएको छ । त्यस्तै कान्तिपुरमा कांग्रेस सांसद् मोहम्मद अफताब आलममाथि १२ वर्षअघि नै प्रहरीले सर्वस्वसहित जन्मकैदको मागदाबी गरेको लेखेको छ ।

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नरहेको बताएका छन् । तर, १२ वर्षअघि नै प्रहरीले मोहम्मद अफताब आलममाथि सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा कान्तिपुरले गरेको छ ।

नागरिक दैनिकमा आलम छुट्ने डरले पीडित आतंकित भएको विषयलाई प्रमुख समाचार बनाएको छ । अन्नपूर्णले डीभीले बढायो राहदानीको भीड शिर्षकमा प्रमुख समाचार लखेको छ । त्यस्तै अन्नपूर्णले धानको डीएनए परीक्षण शिर्षकमा समाचार लेखेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर