पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना, एक घण्टा कैद सजाय
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो ।
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको बताए । उनका अनुसार मंगलबार अदालतमा उपस्थित भएका भण्डारीले एक रुपैयाँ जरिवाना तिरेसँगै कारागार चलानका लागि पत्र दिएको बताए ।
जिल्ला अदालतबाट पत्र पाएपछि पत्रकार भण्डारी मोटरसाइकल चढेर कारागार गएका थिए । उनले मुद्दा पुनरावेदनका लागि मौका नदिएपछि दालत उपस्थित भएको बताए ।
उनी एक घण्टा कारागारमा कैद भुक्तानीपछि रिहा हुनेछन् ।
निर्मला पन्त प्रकरणमा उनीविरुद्ध बार एशोसिएसनका कानुन व्यवसायीले मुद्दा दायर गरेका थिए ।
प्रतिकृया दिनुहोस