• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कपाल कसरी नहाउँदा राम्राे ?

एजेन्सी । धेरैलाई कपाल नुहाइरहनाले त्यसमा क्षति पुग्ने भ्रम हुन्छ । तर वास्तवमा हामीसँगै कपालले पनि हरेक क्षण बाहिरी वातावरणको सामना गरिरहेको हुन्छ जसकारण त्यो धुँवा, धुलो प्रदुषण, पसिना, तेल आदिले फोहोर भएको हुन्छ । यसकारण हामीले दिनदिनै कपाल धुँदा कपाल सफा हुन्छ । कतिपय मानिसहरु सधैँ नुहाइरहनुले कपालको प्राकृतिक तेल नष्ट भइ सुख्खा हुन्छ भन्ने विश्वास गर्छन् जुन गलत हो किनकी हाम्रो कपाललाई आवश्यक तेल टाउकोको छाला अर्थात ‘स्काल्प’ मै रहिरहने गर्छ । 

पछिल्लो समय मानिसहरुमा केबल कन्डिसनरले मात्र कपाल पखाल्ने ट्रेन्ड पनि लोकप्रिय बनिरहेको छ तर हामीले स्याम्पुको पनि प्रयोग गरिरहनुपर्ने विज्ञहरु बताउँछन् । किनकी स्याम्पुमा हुने एक किसिमको तत्वले हाम्रो कपालमा आउने फोहोर र तेललाई पछि पखाल्न मिल्नेगरी पकडेर राख्ने गर्दछ । 

त्यसैगरी कपाल नुहाउने सही तरिका भनेको स्याम्पु लगाउनु अगाडि राम्ररी भिजाउनु हो । यदि हामीले दुईपटक स्याम्पु लगाउछौँ र दोस्रोपटकमा बढी फिज आउँछ भने त्यसको अर्थ कपाल राम्ररी भिजेको छ । यस्तोमा स्याम्पु विशेषगरी कपालमा भन्दा स्काल्पमा लगाउनुपर्छ र तलतर्फ झर्न दिनुपर्छ ।  यदि हामी दिनदिनै नुहाउछौँ भने हामीले दुईपटक स्याम्पु लगाइरहनु पर्दैन । तर हप्तामा दुईपटक नुहाउने गरेका छौँ वा कपालमा धेरै चिल्लो आउँछ भने चाहिँ सफा राख्नका लागि दास्रोपटक पनि धुन सकिन्छ । 

त्यस्तै छोटो कपाल हुनेले कन्डिसनर नलगाएपनि हुन्छ भने लामो कपाल हुनेले चाहिँ कन्डिसनरको प्रयोग गरेकै राम्रो हुनेछ । किनकी त्यसले कपाललाई हाइड्रेट गर्नुका साथै नरम पनि बनाउँछ तर कन्डिसनर सधैँ कपालको बीचदेखि तलको टुप्पोसम्म मात्र लगाउनुपर्नेमा भने ध्यान दिनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर