• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

उपसभामुख तुम्बाहाम्फेले गरिन् कानून मिचेर सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख शिवमायाँ तुम्बाहाम्फे पछिल्लो चरणमा एक पछि अर्को विवादमा मुछिन थालेकी छन् । कहिले संसदीय समितिको बैठक बोलाएर सभामुखको अधिकार प्रयोग गर्ने प्रयास गर्दा त कहिले समितिहरुलाई भ्रमणदेश जारी गर्न खोज्दा विवादीत बनेकी उनी सोमबार राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त तथा अयुक्तहरु सिफारिस गरेपछि थप विवादमा मुछिएकी हन् ।
सभामुखले गर्नुपर्ने आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको नियुक्तीका लागि सिफारिस गर्नुपर्ने काम उपसभामुख तुम्बाहाम्फेले नै गरिदिएकी छन् । 

आइतबार प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले आफूमा हुँदै नभएको अधिकार प्रयोग गरि राष्ट्रिय सूचना आयोगमा हालै सेवानिवृत्त भएका संचार सचिव महेन्द्रमान गुरुङ र सदस्यमा कमला ओली थापा र दिपक मैनालीलार्ई सिफारिस गरिन ।

तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेर पदबाट राजीनामा दिएपछि सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले सभामुखको अधिकारको दुरुपयोग गर्र्दै सूचना आयोगका पदाकारीहरुको नियुक्तिको सिफारिस गरेकी हुन्।

कृष्णहरि बास्कोटाको नेतृत्वमा रहेको वर्तमान सूचना आयोगका पदाधिकारीको कार्यकाल पुस २४ गतेदेखि समाप्त हुँदैछ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को परिच्छेद ३ को सूचना आयोग सम्बन्धी व्यवस्था अन्र्तगत दफा ११ वमोजिम गठन हुने तीन सदस्यीय आयोगका प्रमुख आयुक्त र दुई आयुक्तको नियुक्तिका लागि उपदफा (३) वमोजिम सभामुखको अध्यक्षतामा तीन सदस्यीय समिति रहने स्पष्ट व्यवस्था छ।

जसमा संचार तथा सूचना प्रविधि मन्त्री र पत्रकार महासंघका सभापति सदस्य रहने उल्लेख छ। उक्त ऐनको प्रावधान अनुसार, मन्त्रीको अनुपस्थितिमा राज्यमन्त्री सदस्य रहन सक्ने स्पष्ट व्यवस्था गरेपनि सभामुखको अनुपस्थितिमा उपसभामुख अथवा महासंघको सभापतिको अनुपस्थितीमा उपसभापति भन्ने व्यवस्था छैन।

यसरी संविधान र ऐनले सभामुखको अनुपस्थितीमा उपसभामुखले सभामुख सरहको काम काज र अधिकारको प्रयोग गर्न सक्ने परिकल्पना नगरेको संविधान सभाका सदस्य एवं नेकपा निकट कानूनविदकै तर्क छ।

नाम नबताउँने सर्तमा राष्ट्रियसभामा सदस्य तथा कानून व्यवसायीले भने, ‘सभामुखको अनुपस्थितीमा निजको संवैधानिक र कानूनी अधिकार उपसभामुखले प्रयोग गर्न सक्ने प्रावधानको परिकल्पना हाम्रो संविधान र कानूनले गरेकै छैन। यदि त्यो परिकल्पना गरेको भए अहिले किन यतिका विधेयकहरु, जुन सदनबाट पारित भएर संसद सचिवालयमा थन्किएका छन्, त्यी विधेयकहरु प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस हुँदैनथ्यो?’ निबृत हुन लागेका एक आयुक्तले समेत उपसभामुखले आयोगमा सिफारिस गर्ने व्यवस्था नभएको समाचार दैनिकसँग बताए ।

सभामुखबाट महराको बहिर्गमन पश्चात सभामुख बन्ने सपना बोकेर बसेकी उपसभामुख तुम्बाहाङफेले सभामुखको अनुपस्थितीमा उनको अधिकार प्रयोग गर्दै आफूलाई सभामुखको दर्जामा उभ्याउने प्रयत्न गर्दैछिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन गरेको सूझाव समेत उनले अस्वीकार गरेको एक नेताले बताए । तुम्बाहाम्फेले आफुलाई सभामुख बनाउने पक्का भएपछि मात्रै उपसभामुखबाट राजीनामा दिने बताउने गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर