• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उपसभामुख तुम्बाहाम्फेको सिफारिस असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बैठकबाट सिफारिस भएका राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिस प्रक्रिया गलत भएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । सिफारिस प्रक्रिया असंवैधानिक रहेको भन्दै अधिवक्ता विष्णु लुँईटेलले सिफारिस र नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

मंगलबार दर्ता भएको रिटमाथि बुधवार सुनुवाई हुँदैछ । प्रमुख आयुक्तमा डा. महेन्द्रमान गुरुङ र आयुक्तहरुमा कमला ओली तथा दीपक मैनालीको नाम सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार मन्त्रिपरिषदको सोमबारको बैठकले नियुक्ति गरेको भनिए पनि अहिलेसम्म सरकारले औपचारिक जानकारी दिएको छैन । तर नियुक्तिको औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै सिफारिस प्रक्रियानै संविधान विपरीत भएको भनेर रिट परेको हो ।

याे पनि ः 

उपसभामुख तुम्बाहाम्फेले गरिन् कानून मिचेर सिफारिस

संविधान अनुसार सूचना आयोगका पदाधिकारीको सिफारिस सभामुखको अध्यक्षतामा रहेको समितिले गर्छ । समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य हुन्छन् ।

तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेर पदबाट राजीनामा दिएपछि सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले सभामुखको अधिकारको दुरुपयोग गर्र्दै सूचना आयोगका पदाकारीहरुको नियुक्तिको सिफारिस गरेकी हुन् ।
उपसभामुखलाई राजीनामाको दबाब, तुम्बाहाम्फे भन्छिन्– ‘सभामुख नहुने भए राजीनामा दिन्न’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर