• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा सार्वजानिक गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध समितिले भारतले विवादमा ल्याएको नेपाली भूमि लिम्यिाधुरा क्षेत्रलाई समेत समेटेर नेपालको आधिकारीक नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई समितिमा बोलाएर छलफल गरेको समितिले लिम्पियाधुरा क्षेत्रका, लिपुलेक र कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो ।

समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको छ । साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिमा भएको छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् । डकुमेण्ट संकलन गरिरहेको जानकारी दिदै उनले सकेसम्म छिटो नक्सा सार्वजनिक गर्ने बताएकी छन् ।

बैठकले गृह, भूमिव्यवस्था र परराष्ट्र मन्त्रालयसहितका निकायहरुको संयुक्त समन्वयनकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न पनि निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर