२१ औं पोखरा सडक महोत्सवको प्रचारका लागि रेबानको टोली जनकपुरधाममा 

जनकपुरधाम । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पोखरामा हुन लागेको २१ औँ पोखरा सडक महोत्सवको प्रचारप्रसारका लागि गण्डकी प्रदेशले अभियान थालेको छ ।

२१ औँ पोखरा सडक महोत्सव बारे जनकपुरधाममा समेत जानकारी दिनका लागि रेबानका टोलीलले जनकपुर–पोखरा–काठमाण्डौँलाई एक साथ जोड्नु पर्ने आवश्यक्तामाथि जोड दिएको थियो ।

महोत्सवको संयोजक लक्ष्मण बरालले नेपाल घुम्न आउने पर्यटकका लागि जानकी मन्दिर, मुक्तिनाथ मन्दिर र पशुपतिनाथ मन्दिरलाई जोडेर अगाडी बढ्न पर्नेमा जोड दिएका थिए । उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए ।

आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१ औँ पोखरा सडक महोत्सव हुन लागेको हो ।

सह–संयोजक नरेश भट्टराईले धार्मिक पर्यटकीय प्रवद्र्धनको दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन गर्नका लागि आफूहरुले पहल गर्ने बताए ।

विगतमा जनकपुरधाम–पोखरा र पोखरा–जनकपुरधाम विमानस्थल तथा स्तरीय बस सञ्चालनको बहस गरिए पनि सार्थकता ग्रहण गर्न नसकेका कारणको समीक्षा गर्दै यसलाई मूर्तरूप दिन दुवै नगरबीच पर्यटक प्रवद्र्धनको गतिविधिलाई तीव्रता दिनु आवश्यक रहेको उनले भने ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) द्वारा आयोजित कार्यक्रममा व्यवसायी गोपी बहादुर भट्टराईले पर्यटकीय गतिविधिलाई चलायमान बनाउन र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न आयोजना हुने पोखरा सडक महोत्सवमा मिथिलाको संस्कृति र कलाको प्रदर्शनमा पनि जोड दिए ।

सडक महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा््िष्ट्रय सांस्कृतिक कार्यक्रम, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्रा््िष्ट्रय खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, लोकदोहोरी, कन्सर्ट र रत्यौली गीत प्रतियोगिता हुने कार्यक्रम रहेको सह संयोजक नरेश भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर