• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

नेकपा स्थायी समिति बैठक : दुई घण्टा बसेर स्थगित, प्रचण्डद्वारा प्रतिवेदन पेश

सोमबार ११ बजे पुनः बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक भोलि ११ बजे बस्नेगरी आजलाई सकिएको छ । दिउँसो १ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

साथै, करिब दुई घण्टासम्म चलेको बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेका हुन् । उनले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा सहभागि नेताहरुले पार्टीको स्थायी समिति बैठक किन समयमा हुन नसकेको भनेर प्रश्न समेत गरेका थिए । 

‘बैठकको प्रारम्भमा नै बैठक किन एक वर्ष ढिलो भयो ? कसको कारणले ढिलो भयो ? त्यसको समीक्षा हुनुपर्छ भन्ने कुरा मैले उठाएँ’ स्थायी समिति सदस्य भीम रावलले भने । 

अध्यक्षले राजनीतिक प्रतिवेदनमा नै त्यस विषय उल्लेख भएको बताएका थिए ।

याे पनि ः

दुई दिन गुप्तबास बसेर प्रचण्डले तयार पारे स्थायी समिति बैठकका लागि १७ पृष्ठको प्रतिवेदन

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर