• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

संचारमन्त्रीलाई कारबाही नभएमा बहिष्कार गर्नपर्ने दिन देख्न नपरोस् : निजामती कर्मचारी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको बोलीप्रति विरोध जनाएको छ । ७० करोडको विवादास्पद अडियो प्रकरणमा उनले बोलेको अश्लील शब्दप्रति युनियनले विरोध जनाएको हो । 

हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको छ । 

संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपशब्द प्रयोग गर्ने मन्त्रीलाई कानूनी कारबाही नभएमा बहिष्कार गर्न पर्ने दिन देख्न नपरोस् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर