सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरणः प्रमुख प्यासी

बिर्तामोड । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले सबैको भावनाको प्रतिनिधित्व हुने गरी  प्रदेशको नामाकरण हुने  बताएका छन् । सोमबार झापाको बिर्तामोडमा भएको छलफलमा प्रदेश प्रमुख प्यासीले शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरणको काम अगाडि बढिरहेको बताएका छन् । उनले प्रदेश सभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुंग्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

संघीयता कार्यान्वयनका सवालमा केही जटिलता देखिए पनि त्यसलाई सबै मिलेर सहज बनाउनुपर्ने उनको विचार छ । प्रमुख प्यासीले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै जनता शक्तिशाली भएको बताए ।
संघीयता नयाँ विषय भएकाले कार्यान्वयनमा केही अलमल देखिए पनि यसले गति लिएको बताए ।

मुलुकमा स्थानीय, प्रदेश र संघीय सरकार गरी तीन सरकार रहेको र सबैले कानून निर्माण गर्ने कामलाई तीब्रता दिएकाले अब विकासका कामले गति लिने विचार व्यक्त गरे । प्रदेश १ मा अब थोरै मात्र कानून बन्न बाँकी रहेको उनको भनाई छ ।

संघीयता कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यान दिनुपर्ने भन्दै यसलाई व्यवस्थित बनाउन कर्मचारी समेत जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । जनप्रतिनिधि र कर्मचारीवीच विभिन्न ठाउँमा विवाद बढेको, सम्वन्ध बिग्रिएको प्रसंगमा प्यासीले भने –जनप्रतिनिधि र कर्मचारी जिम्वेवारसंगै जवाफदेही बन्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर