• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोराना संक्रमितको उपचारमा व्यस्त नर्सलाई मेसीको सरप्राईज गिफ्ट

एजेन्सी । चीनको हुनान प्रान्तको सियाग्या अस्पतालमा काम गर्छिन नर्स वुयु । उनको ईच्छा थियो कि बार्सिलोनाबाट खेल्ने अर्जेन्टीनाका विश्वका नम्बर एक फुटबलर लियोन मेसीले उनको छोराका लागि जर्सी उपहार पठाउन । मार्च ८ तारिखमा पर्ने अन्तराष्ट्रिय महिला दिवसका दिन उनले सोही कामना गरेकी थिईन ।

त्यसको २ दिन पछि अर्जेन्टिनाको फुटबल एसोसियसनले उनको ईच्छा पुरा गर्ने सन्देश पठाएको छ । नर्स वुयुका छोराका लागि जर्सी संगै स्पेनिस कोचले तालिम दिने कुरा पनि पक्का भएको छ । 
कोरानाका कारण चीनमा नर्सहरुको दैनिकी अत्यन्त व्यस्त भईरहेका बेला मार्च ८ मा नारी दिवस मनाउदै गर्दा उनलाई यस अवसरमा के विस गर्छौ भन्दा उनले मेरो छोराका लागि मेसीले जर्सी पठाईदिने हो भने उसले राष्ट्रिय टोलीमा प्रवेश पाउने थियो भनेकी छन् ।

त्यस लगत्तै चिनियाँ सामाजिक सञ्जाल विबोमा समेत एकाउन्ट रहेको अर्जेन्टिनाको फुटबल एसोसियसनले प्रतिक्रिया जनायो । ‘हेलो यो अर्जेन्टिना फुटबल एसोसियसनको चाईना अफिस हो, तपाईको विस सुनेपछि हामी मेसीको १० नम्बरको जर्सी पठाउदैछौं । त्यो तपाईले छिटै पाउने विश्वास लिदै तपाईको छोराले आफ्ना आईडलको जर्सी लगाएपछि अझ राम्रो गर्ने विश्वास लिएका छौं ।’ अस्पतालबाट अर्को दिन विहानै घर फर्किएपछि उनले सुखद खबर सुनिन् । 

‘मलाई विश्वास थिएन कि मेरो कामना पुरा हुनेछ भनेर, किनभने मैले मेरो छोरालाई प्रोत्साहित गर्न मात्र त्यो कामना गरेको थिए ।

उनले थपेकि छन्, कोरोनाको ईपिसेन्टरमा संक्रमितहरुलाई बचाउन रात दिन खटिनुको कारण पनि म मेरो छोराका लागि राम्रो उदाहरण बन्न सकुं भन्ने थियो ।

फेब्रुअरी ७ देखि वुयु वुहानका सिकिस्त विरामीहरुको उपचार भईरहेको तोङजी अस्पतालमा काम गरिरहेकी छन् । उनले त्यसका निम्ती घर छोडेपछि उनको छोरा लु सुले हरेक दिन समाचारहरु हेरिरहेको र आफ्नी आमाले आईसोलेशन वार्डमा काम गरेको देखेर हड्बडाईरहेको छ ।

Tengyo Sports, Hunan

उनले भनेकी छन्, ‘जव म छोरासँग भिडियो कल मार्फत कुरा गर्छु, उसलाई म सुरक्षित फर्कनेछु भनेर आश्वस्त पार्ने गरेकी छु । उसलाई राम्रो पढ्न र राम्रो प्राक्टीस गर्न भनिरहेको छु ।’

वुयुका छाेरा लुसु ५ वर्षका भए । कोरानाका कारण हुनान प्रान्तमा सवै बन्द गरिएपछि उसले घरमै फुटबलको अभ्यास गर्दै आईरहेको छ । 

सन् २०१८ को रसिया विश्वकप टेलिभिजनमा हेरेपछि उनले त्यतिबेलै आफु पनि मेसी जस्तै अनुशासित र भर्सटाईल खेलाडी बन्न चाहेको बताएका थिए । वुयु र लुसुका हजुरबुबाले उनको सपनाको सधैं सम्मान गर्दै आएका छन् ।

मेसीको जर्सीका अलवा अब लुसुले उसको ट्रेनिङ क्लब टेङग्यो स्पोर्टसबाट स्पेनिस कोच रोड्रिगो एनरिक आजोकार डियाजले दिने विश्व स्तरीय तालिम सित्तैमा लिन पाउने छ ।

टेङग्योका अध्यक्ष तान डिले सवै मेडिकल स्टाफहरुका छोराछोरीका लागि आफ्नो क्लबले एक सेमेस्टर फ्रिमा तालिम दिने घोषणा गरेका छन् । उनको उदेश्य कोरोना भईरसका विरुद्ध रातदिन खटिरहेका स्वास्थ्यकर्मीहरु प्रोत्साहित हुन् भन्ने हो । –चाईना डेलीबाट


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर