कोरोनाविरुद्ध यात्रुलाई नेकपाको सचेतना अभियान
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले कोरोना भाइरसप्रति पुर्व सतर्कता अपनाउन यात्रु सचेतना अभियान सुरु गरेको छ । रुपन्देहीको मणिग्राम चोकबाट एक समारोहकाबीच नेकपा नगर कमिटीले जानकारी र सचेतनामूलक पर्चा वितरण गर्दै अभियान थालेको हो ।
त्यस अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज दधिराम न्यौपानेले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस नेपालमा भित्रिन नदिन पार्टीले देशभरी नै अभियान चलाएको बताए । उनले यसप्रति नागरिक आफै सचेत हुनुपर्ने भन्दै नेकपा तिलोत्तमाले यात्रुलाई जगाएको सचेतनाप्रति धन्यवाद दिए । सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले सार्वजनिक र निजी सवारी साधनमा यात्रा गर्ने यात्रुहरु र सडकमा हिंडडुल गर्ने पैदल यात्रुहरुलाई समेत लक्षित गर्दै सचेतना जगाउने काम गरिएको बताए ।
यसअघि नेकपा रुपन्देहीले जिल्लाव्यापी रुपमा कोरोनाविरुद्ध सचेतना अभियान चलाउने निर्णय गरेको थियो । कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन आयोजना गरिएको अभियानलाई निरन्तरता दिइने पनि नेकपाले जनाएको छ ।
प्रतिकृया दिनुहोस