भारतबाट फर्किएका ३ सय ५० नेपाली गड्डाचौकी नाकामा रोकिए

भिमदत्त । नेपाल सरकारले आज बिहान १० बजेपछि भारतसँग जोडिएका सीमा नाका बन्द गरेपछि यसअघि नै हिडिसकेकाहरु समस्यामा परेका छन् । 

कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट स्वदेश फर्किरहेका झण्डै तीन सय ५० जना रोकिएका छन् ।

‘सीमा नाका बन्द भएपछि भारतबाट फर्किएका झण्डै तीन सय जना गड्डाचौकीको दशगजा क्षेत्रमा रोकिएका छन् ।’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले भने, ‘उनीहरुलाई गन्तव्यसम्म कसरी पुगाउने भन्ने विषयमा छलफल भईरहेको र गृह मन्त्रालयले पनि यो विषयमा निर्णय गर्दैछ । पर्खिरहेका छौँ ।’

यसअघि आज बिहान पनि पश्चिमी सीमा नाका गड्डाचौकी भएर सयौँ नेपाली फर्किसकेका छन् । सीमामा रोकिएकाहरुले पनि जसरी भएपनि गन्तव्यमा प¥याईदिन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर