• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कर्णालीका डाक्टरहरुले भने, 'उपचारका अत्यावश्यक सामानहरु छैनन् '

सुर्खेत ।कारोना भाइरसका कारण नेपाल सरकारले मंगलवार विहान ६ बजे बाट नेपाललाई लकडाउन घोषणा गरे सँगै कर्णाली प्रदेशका चिकित्सकहरुले कर्णालीमा अहिले पनि उपचारमा चाहिने अत्यावाश्वक साधनहरु  नभएकोले आफ्नो ख्याल आफै राख्नको लागि सबैलाई अनुरोध गरेका छन् । 
मंगलवार दिउसो एक प्रेस विज्ञप्ती निकाल्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरु र जिल्लामा रहेका चिकित्सहरुले विज्ञप्ती मार्फत यस्तो जनाएका हुन् । उनिहरुले अहिले यो परिबेशमा अरु उपचार भन्दा पनि भाइसरबाट कसरी जोगिने र अरुलाई कसरी जोगाउने सबैले त्यतातिर लाग्नु पर्नेमा जोड दिएका छन् । 

चिकित्सकहरुले पछिल्लो समयमा कोरोना भाइरसले संसारभरी महामारीको रुप लिइरहेको बेला छिमेकी मुलुक भारतमा पनि यसले ठुलो असर पारेको भन्दै देशको सिमित स्वास्थ्य संरचना र न्युन मात्रामा रहेको स्वास्थ्य कर्मि र स्वास्थ्य संस्थाहरुले यसको रोकथाम र यसको उपचारमा कस्तो भुमिका खेल्छ भन्नेमा आफुहरु नै विश्वस्त नभएको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

तत्काल उपचारको लागि चाहिने भनेको माक्स, गोलोप्स, स्यानिटाइजर र डिसइन्फिकटेन्ट जस्ता आवाश्यक सामाग्रिहरुको लक डाउनले गर्दा  आपुर्ति बन्द भएको भन्दै उनिहरुले  बजारमा भएका सामानहरुको पनि कालो बजारीयाको हालिमुहालि भएकोले यो अबस्थामा हामी कर्णालीका चिकित्सकहरु कसरी उपचार गर्न सक्छौ ? विज्ञप्तीमा उल्लेख गरिएको छ । 

पछिल्लो समयमा सरकारले लागू गरेको लकडाउनलाई जनमानसमा राम्रो सँग बुझाउन नसक्दा त्यो अहिले पनि राम्रो सँग लागू नभएकोमा चिकित्सकले चिन्ता ब्याक्त गरेका छन् । लकडाउनको बारेमा कसरी हुन्छ सम्बन्धित निकाएले राम्रो सँग बुझाउन जरुरी भएको उनिहरुले विज्ञप्ती मार्फत भनेका छन् । 

कर्णाली प्रदेशको पछिल्लो समयको सरकारी तयारी हेर्दा र विदेशमा फैलिएको महामारीको शिक्षा लिदा आफुहरु नै भाइरस फैलिसकेपछि यहाँ उपचार हुनेमा विस्वस्त नभएको विज्ञप्ती मार्फत चिकित्सकहरुले जनाउदै । उनिहरुले उपचारमा व्यवस्था गरेका वेट र भेन्टिलेटर साह्रै न्युन मात्रमा रहेका र विदेशमा जस्तो हजारौ मानिसमा संक्रमण देखिएमा हाम्रोमा आउने विरामीलाई समेत उपचार दिन नसक्ने अबस्था रहेका ले आफ्नो ख्याल आफै गर्नु बाहेक अरु विकल्प नभएको विज्ञप्ती मार्फत जनाएका छन् । 
‘समग्रमा भन्नु पर्दा कर्णाली प्रदेश बाहिर बाट हुने मानविय आवत जावत सम्पुर्ण रुपमा रोक्न हामी सम्बन्धित निकायलाई अनुरोध गर्दछौ,’ ‘उनिहरुले भनेका छन्,।’


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर