• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

लकडाउन थप प्रभावकारी बनाउन राजपाका ६ सुझाव

काठमाडौं । कोरोना भाईरस विरुद्धको अभियान थप प्रभावकारी बनाउन राष्ट्रिय जनता पार्टी राजपनाले सरकारलाई सुझाव दिएको छ । अहिले सम्मको कोरोना विरुद्धको अभियान सफल बनाउन जनताले साथ दिएकोमा राजपाले धन्यवाद दिएको छ । 

राजपा अध्यक्ष मण्डलका अध्यक्ष शरतसिंह भण्डारीद्वारा आज जारी विग्यप्तीमा सरकारलाई ६ बुंदे सुझाव दिईएको हो ।

विज्ञप्तीमा भनिएको छ,  सरकारद्वारा घोषित लक डाउनमा सुरक्षित र धैर्यताका साथ बस्नु भएकोमा सवै नेपाली जनतालाई धन्यवाद दिन चाहन्छौं र बाकी दिनहरु पनि यसैगरी जिम्मेवारी पुर्वक धैर्यताका साथ लक डाउनमा बस्नु हुनेछ भन्ने विश्वास गरेका छौं ।साथै केही सुझाव तथा अपील समेत गर्दछौं ।   
यी हुन् राजपाका ६ सुझावः
                      
 १.कोरोना भाइरसबाट जोगिन र क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन वडा स्तरमै सवै प्रकारको सेवा प्रवाह गर्न वातावरण बनाउनु पर्ने आवश्यक देखिएकोले यस कार्यलाई संचालन गर्न केन्द्र,प्रदेश र स्थानीय तहमा उच्च स्तरीय सर्वदलीय संयन्त्र तत्काल बनाउनु पर्दछ जसमा राजनीतिक दल,विशेषज्ञ स्वास्थकर्मी,सुरक्षाकर्मी,पत्रकार महसंघ,उद्योग वाणिज्य महासंघ,नागरिक समाज,सामाजिक संघ संस्था समेतलाई सहभागी गराउनु पर्दछ र नियमित वैठक तीनै तहका सरकारले गराउनु पर्दछ।    

२.यो भाइरस बाहिरबाट सर्ने भएकोले खुला सिमानाका र विदेशबाट नेपाल आएका र आउने नेपालीहरुको वडा स्तरमै यकिन गरि क्वारेन्टाइनमा राखिनु पर्दछ।   
 
३.क्वारेन्टाइनमा र उपचारमा संलग्न स्वयंसेविका,स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा गाडीहरूलाई नियमित रुपमा स्यानिटाइज्ड गरिनु पर्दछ र त्यस कार्यको निम्ति सरकारले आवश्यक सामग्रीहरु तत्काल उपलब्ध गराउनु पर्दछ।              
 ४. क्वारेन्टाइनलाई अझ व्यवस्थित बनाउन अत्यावश्यक उपभोग्य  सामग्रीहरु वडा स्तरमै आम नागरिकहरुलाई उपलब्ध गराउने वातावरण बनाइनु पर्द्छ।यस्ले कालोवजारी जस्ता जघन्य अपराधलाई समेत रोक्न सकिनेछ।                             
 ५.अहिले मुख्य रुपमा आर्थिक रुपमा विपन्न , दलित,दैनिक ज्यालादारी गरि गुजारा गर्नेहरुलाई छाक टार्न गर्हो भएकोले वडा स्तरमै तीनीहरुको यकिन गरि अत्यावश्यक खाद्यान्न र राहतको व्यवस्था अविलम्ब गरिनु पर्दछ।                                 
६.कोरोना भाइरस भीडभाडमा वढी सर्ने भएकोले ६० वर्ष भन्दा वढी उमेर भएका कैदी,५र६ महिना मात्रै सजाय काट्न बाकी रहेका कैदी ,पुर्पक्षका लागि थुनामा रहेका थुनुवा ,राजनीतिक राजबन्दीहरु र सामान्य कसुरमा सजाय भोगिरहेका कैदीहरुलाई प्रक्रिया पूरा गरि तत्काल रिहाई गरिनुपर्दछ। 
 
  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर