• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोनाविरुद्धको लडाईं निकै चुनौतीपूर्ण छ भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले प्रमुख दायित्वको रुपमा लिएको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यका सबै अंगहरुलाई महसुुस हुनेगरी चुस्त र प्रभावकारी बनाउनपर्ने बताए । 

‘लकडाउनले जीवनलाई असहज त बनाएको छ तर यसले सामाजिक दूरी कायम गर्न, आइसोलेसनमा राख्न र संक्रमित पत्ता लगाउन सहयोग पुगेको छ ।’ प्रधानमन्त्री ओलीले भने,‘यसबीचमा दुई महिनाका शिशुदेखि ८१ वर्षिय वृद्धसम्मलाई निको पार्न सक्नुलाई उपलब्धिका रुपमा लिनपर्छ ।’  

नेपालमा महामारीको कोरोनाविरुद्धको लडाँईं निकै चुनौतीपूर्ण छ भन्ने यथार्थप्रति सरकार सचेत भएको उनले बताए । उनले भने, ‘कोरोनाविरुद्धको महामारीको लडाईं निकै चुनौतीपर्ण छ भन्ने कुरामा सरकार सचेत छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर