• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–वार्ता र कूटनीतिबाटै सीमा विवाद हल गर्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठकमा देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले  वार्ता र कूटनीति नै भारतीय सीमामा देखिएको समस्याको समाधान गर्ने एक मात्र उपाय भएको बैठकमा बताएका छन् ।

‘संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरुसँग बैठकमा विशेष अनुरोध गर्नुभएको छ ।’ उनले भने । 

तस्बिरहरु : प्रधानमन्त्रीको सचिवालय

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर