• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रुकुमको चौरजहारी घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोधमा बुधबार पनि काठमाडौंमा बिरोध प्रर्दशन भएको छ ।  रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै दलित युवा बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् । उनीहरुले अन्तरजातिय विवाहका कारण दलितको मृत्यु कहिले सम्म भन्दै सरकारलाई प्रश्न गरेका थिए । यहि जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिइसकेको छ ।  

भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिक बेपत्ता छन् । बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिमप्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ । घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानबिन समिति बनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केटी पक्षका २० जनाकाविरुद्ध किटानी जाहेरी परेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर