• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एमसीसीको विषय बजेटमा परेपछि नेकपामा असन्तुष्टी, सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेपछि सचिवालय बैठक बस्ने तय भएको छ । शुक्रबाट अबेर नेकपाका अध्यक्षद्वयबीचको छलफलले आज विहानको बैठक तय गरेको हो ।

सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको र संविधान संशोनको विषय समेत संसदमा विचाराधिन रहेका बेला नेकपा सचिवालयको बैठक बस्न लागेको हो । बजेटमा अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विषय समेत परेको भन्दै नेकपा भित्रैबाट बजेटको विरोध शुरु भएको छ ।

सचिवालय सदस्य तथा बरिष्ठ नेता झलनाथ खनालले विद्युत प्रशारण लाईन निर्माण सम्बन्धि एमसीसी परियोजनाको विषय बजेटबाट नहटाएर बजेट पास हुनै नदिने सार्वजनिक अभिव्यक्ति दिएका छन् । संविधान संशोधनको विषय समेत संसद सचिवालयमा दर्ता भएपनि संसद बैठकमा पेश हुन सकेको छैन । सचिवालय बैठकमा यीनैलगायतका विषयमा छलफल हुने एक सदस्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर