प्रदेश २ : प्रदेशसभामा कार्यरत ५ मर्यादापालकमा कोरोना संक्रमण, बैठक स्थगित

जनकपुरधाम । धनुषामा एक जना महिलासहित ६ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितहरु मध्ये ५ जना  प्रदेश दुईको प्रदेशसभामा कार्यरत मर्यादापालकहरु रहेका छन् ।  

गत जेठ १६ गते स्वाब प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित गरी ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो । जसमध्ये ५ जना मर्यादापालकमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

त्यस्तै आर्थिक मामिला तथा योजना राज्य मन्त्रीको स्वकिय सचिव एक महिला रहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार आज थपिएका ६ जनै संक्रमित जनकपुरधाममै बस्दै आएका थिए । स्रोतका अनुसार  उनीहरुमा संक्रमण देखिएपछि आज बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर