• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

किसानको तरकारी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । केही समय अघि कोरोना सर्छ भन्दै किसानले उत्पादन गरेर बजार लैजान लागेको तरकारी नष्ट  गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।  

'कोभिड- १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिइ अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू,' समितले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो । 

पोखरा, कपिलबस्तु लगायतको जिल्लामा वडाअध्यक्षको अगुवाइमा किसानले बजारमा बिक्री गर्न ल्याएको तरकारी नष्ट गरेको समाचार सार्वजनिक भएपछि आलोचना भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर