• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ट्रम्पको विवादित पोष्ट नहटाएको भन्दै आलोचना गर्ने कर्मचारीलाई फेसबुकले बर्खास्त गर्यो

एजेन्सी । केही साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित पोष्टलाई फेसबुकले नहटाएको भन्दै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्गको आलोचना गर्ने एक कर्मचारीलाई बर्खास्त गरिएको छ । 

उक्त कर्ममारीले सफ्टवेयर इन्जिनियरको ट्विटको हवाला दिँदै यस मुद्दामा आफ्नै सहकर्मीको मौनतामाथि पनि चेतावनी दिँदै जातीय विभेद विरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारी लक्षित ट्रम्पको विवादित पोष्टको बचाउ गरेको भन्दै जुकरबर्गको आलोचना गरेका थिए । 

सिटलमा एक युजर इन्टरफेस इन्जिनियर ब्रान्डोन डेइलले सार्वजनकि रुपले एक सहकर्मीको आलोचना गरिएको बताउँदै शुक्रबार एक ट्विट गरेका छन् । उक्त सहकर्मीले ‘ब्ल्याक लाइभ्स म्याटर्स’ अभियानको समर्थनका लागि एक बयान दिन अस्विकार गरेपछि डेइलले गाली गरेका थिए । 

‘मलाई सन्देश छैन कि फेसबुकको सम्मानजनक कार्यस्थल नीतिको उल्लंघन गर्छ,’ शुक्रबार डेइलले ट्विटमा भनेका छन्, ‘मलाई अन्यायपूर्ण रुपले हटाइएको भन्ने दावी गरिरहेको छैन । यसो म फेसबुकसँग आजित भइसकेको थिए ।’

डेइलले आफ्नो समूहका अन्य ६ जना इन्जिनियरलगायत दर्जनौँ कर्मचारीहरुलाई अभियानमा सहभागी गराएको एकदिन पछि उनले आपत्तिजनक ट्विट गरेका थिए । ‘जानीबुझिकन बयान नदिनु भनेको राजनीति हो,’ डेलले ३ जुनमा आफ्नै सहकर्मीको नाम राख्दै एक ट्विटमा लेखेका थिए । यद्यपि, उनले आफूले जे लेखेको त्यसप्रति दृढ रहेको शुक्रबार बताएका छन् । 

गत २५ मे मा जर्ज फ्लोयड नामक एक अश्वेत व्यक्तिको प्रहरी कस्टडीमा मृत्यु भएपछि प्रहरी बर्बरता विरुद्ध प्रदर्शनको सन्दर्भमा ट्रम्पले जातीय हिंसा भड्काउन खालको ट्विट गरे जसमा उनले भनेको थिए, ‘जब लुट सुरु हुन्छ, तब सुट पनि सुरु हुन्छ ।’

यसले हिंसालाई प्रोत्साहन गर्ने भन्दै ट्विटरले हटाएको थियो, तर फेसबुकका संस्थापक जुकरबर्गले ट्रम्पको पोष्टको बचाउँ गर्दै यसले फेसबुकको नीतिलाई उल्लंघन नगर्ने कर्मचारीहरुसँगको एक बैठकमा भनेका थिए । त्यस लगत्तै डेइलले ट्विट गर्दैै भनेका थिए, ‘आज छर्लङ्ग भयो नेतृत्वले हामीसँग उभिन अस्विकार गर्छ ।’

यो पनि...

:- ट्रम्पको विवादित पोस्ट नहटाएकोमा फेसबुकभित्रै असन्तुष्टि

:- फेसबुक र मार्क जुकरबर्गप्रति ट्रम्पको सदासयता

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर