• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बालुवाटारमा ओली–प्रचण्ड छलफल सकियो, आ–आफ्नो अडान कायमै

स्थायी समिति बैठकअघि पुनः छलफलमा जुट्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आ–आफ्नो अडान कायमै राखेका छन् । नेकपाको स्थायी कमिटी जारी रहँदै पार्टीमा देखा परेको गम्भीर संकट पार लगाउनका निम्ति अध्यक्षद्वय बीच भएको शुक्रबारकोे छलफल सौहार्दपूर्ण रुपमै सकिएको स्रोतले जानकारी दिएको छ ।

स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामाको मागपछि अहिले पार्टी विभाजनको संघारमा पुगेको भनि एकथरीले प्रचार गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्र सकिएको हो । 

बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने ‘प्रचण्ड’ अडान र ओलीले राजीनामा नदिने अडान राखेको बैठकमाा सहभागी एक नेताले जानकारी दिए । बैठकमा महासचिव विष्णु पौडेल, जनार्दन शर्मा लगायतका केही नेताहरुको उपस्थित रहेको बालुवाटार निकट स्रोतले समाचार दैनिकलाई जानकारी दियो ।

त्यस्तै, भोलि बस्ने स्थायी कमिटी बैठकअघि दुवै अध्यक्ष पुनः एकपटक छलफलमा जुट्नेगरी तयारी भएको छ । 

पार्टीभित्रको अन्र्तसंघर्षले अन्मित रुप लिएकाले सम्झौता वा ‘युद्धविराम’मा गरेर सहमतीयको बाटो पहिल्याउने तयारी बारे छलफल अघि बढेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर