महाधिवेशनको कार्यतालिकामा छलफल गर्न कांग्रेस कार्यसमिति आज पनि बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बोलाइएको छ । बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका निर्माणबारे छलफल जारी रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो ।
सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ । यसअघि आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे केन्द्रीय सदस्यहरुले चासो राखेका थिए ।
प्रतिकृया दिनुहोस