• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपा स्थायी कमिटी आज बस्दै, ओली र प्रचण्ड आन्तरिक छलफलमा

फाइल तस्विर

काठमाडौं । आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने तयारी भएको छ ।

यसअघि बैठक स्थगीत भएपनि आज भने बैठक सञ्चालन गर्ने सहमति अध्यक्षद्वयबीच भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले बताए । सहमतिका लागि दुई अध्यक्षको हिजोको छलफलले पनि कुनै ठोस सहमति नभएपछि आज बस्ने गरी टुंगिएको थियो।

बैठकअघि आज पुन अध्यक्ष केपी ओली र प्रचण्डबीच वान टु वान वार्ता गर्ने तयारी गरिएको छ भने दुई पक्षले बैठकअघि आन्तरिक छलफललाई तीव्रता दिएका छन् । 

नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, यी दुवै पदबाट राजीनामा नदिने अडानमा ओली रहेका छन् । यही अडानका बीच नेकपामा शक्तिसंघर्ष सुरु हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर