तनहुँका ६ सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि [पूर्णविवरणसहित]
काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमितहरुमा तनहुँका ६ जना , पर्वत र बाग्लुङका दुई–दुई जना, नवलपुर बर्दघाट सुस्ता पूर्व एक जना र स्याङ्जा, गोरखा र लमजुङका एक–एक जना रहेका छन् ।
व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निदैृशनालयले जनाएको छ । गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको छ ।
प्रतिकृया दिनुहोस