• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

सिद्धार्थ राजमार्गको दोभान र डुम्रेमा पहिरो, यात्रु र सवारीको बिचल्ली [फोटोफिचर]

पाल्पा । पहिरो खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा वुटवल सडकखण्ड अझै संचालनमा आउन सकेको छैन ।

सोमबार बेलुका सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिकास्थित दोभान बजार नजिकै वर्षासंगै खसेको पहिरो पन्छाउने प्रयास बिहानैदेखि भएपनि हालसम्म सडक खुल्न नसकेको प्रहरीले जनाएको छ । सडक नै भासिनेगरि ठूलो ढुंगा सडकको बिच भागमा झरेका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताए । 

पहिरो पन्छाउनका दिनभर नै लाग्ने भएका कारण राजमार्गमा रहेका यात्रुहरु अलपत्र परेका छन । यस्तै सोही राजमार्गको गौडेपुल नजिकै ढुंगासहितको पहिरो झरिरहेका कारण सडक अवरुद्ध भएको छ । जस्का कारण सयौ सवारी र यात्रुहरु बिच सडकमा अलपत्र परेका छन ।

सडक डिभिजन र प्रहरीको प्रयासमा सडक खुलाउने प्रयास भएपनि निरन्तर ढुंगा झरेका कारण समस्या भएको प्रहरी चौकीले जनाएको छ । लकडाउनका कारण होटल रेष्टुरेन्टहरु बन्द रहेका कारण खान र बस्नको समेत समस्या भएको यात्रुहरुले बताएका छन ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर