• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

थप ४१८ जनामा संक्रमण, संक्रमित संख्या २० हजार ७५० पुग्यो

काठमाडौं । थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगैं कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर