• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रादेशिक अस्पताल जनकपुरधामका १७ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको १७ जना कोरोनाबाट संक्रमित भएका छन् । तीन अगाडी आएको स्वाब संकलनको नतिजा र सोमबार आएको स्वाब संकलनको नतिजा गरी १७ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ । 
तीन अगाडी ४ जना स्वास्थ्यकर्मी तथा सोमबार १३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा जामुन सिंहले जानकारी दिएका छन् । उनका अनुसार संक्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आइसोलेसनमा उपचारार्थ छन् । 
यता जनकपुरधाम नगरको वडा नम्बर २ देखि वडा नम्बर २४सम्ममा मात्रै सोमबार २४ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर