• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

हत्या अभियोगमा २७ वर्ष जेल बसेपछि निर्दोष प्रमाणित

एजेन्सी । चीनमा एक व्यक्ति २७ वर्षको लामो जेल जीवनपछि निर्दोष ठहर भएका छन् । दुई किशोरहरुको हत्याको अभियोगमा सन् १९९३ मा पूर्वी चीनका झाङ युआनलाई तल्लो अदालतले दोषी ठहर गरेको थियो । 

सर्वोच्च अदालतले उनले हत्या गरेको यथेष्ट प्रमाण नभएको भन्दै उनलाई रिहा गर्ने आदेश दिएको हो। उनले प्रहरीले यातना दिएर आफूलाई हत्या स्वीकार गर्न लगाएको बताएका छन्। 

सन् १९९५ मा नान्चाङ अदालतले हत्यामा उनी दोषी प्रमाणित भएको भन्दै पहिले मृत्युदण्डको सजाय सुनाएको थियो, जसलाई पछि आजीवन कारावासमा परिणत गरिएको थियो । उनले लगातार आफू निर्दोष भएको बताएपछि सन् २०१९ को मार्चमा यो मुद्दाको पुनरावलोकन गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर