• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारबाहीमा परे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही ५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ।

कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले जरिवाना तिर्नुपर्ने भएको हो।कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक रहेको खबर आजको गोरखापत्रमा छापिएको छ।

साथै संघ, प्रदेश र स्थानीय तहमा मनोनीति राजनीतिक नियुक्ति पाएका व्यक्तिले सम्पत्ति विवरण नबुझाएमा गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरी थप छानबिन गरिने भएको छ।

सम्पत्ति विवरण कसले भरे वा भरेनन् भन्ने अध्ययन मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर