• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा   २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा   २१ महिला र   ५१ पुरुष गरि  ७१ जना र ललितपुरमा ४३  महिला र  ६१ पुरुष गरि १०४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या  ७३३९४ पुगेको छ । हाल  क्वारेन्टाइनमा  ६२८१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,६९८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८३२१ जना रहेका छन् । त्यस्तै हालसम्म  ९ लाख  ८८ हजार ३२७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर