• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चौरसिया हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन प्रचण्डको माग

काठमाडौं  । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साका मुकेश चौरसियाको हत्याको दोषीलाई कानूनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । यसअघि पार्टी जिल्ला कमिटीले हत्याको भत्सना गरेको सम्झना गर्दै प्रचण्डले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरमा ल्याउनुपर्नेमा जोड दिएका हुन्। 

प्रचण्डले जघन्य अपराधमासमेत सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन्। ‘दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु’, प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ।’ 

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर