युरोपा लिगमा टोटनहमको हार
एजेन्सी । जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ ।समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो ।
रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए । डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।
टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् । लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ ।
प्रतिकृया दिनुहोस