• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

बुधबारको मन्त्रिपरिषद बैठकः यी हुन् प्रधानमन्त्रीका संभावित कदम

काठमाडौं । नेकपा सचिवालयको बैठक बस्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली सहित चार जना नेकपा सचिवालय सदस्य छन् ।

मन्त्रिपरिषद् र सचिवालय बैठकको विषयलाई बुझेर पर्यटन मन्त्री योगेश भट्टराइले गम्भीर मोडमा पुगेको स‌ंकेत गरेका छन् । विकसित राजनीतिक घटनाक्रमसँग जोडिएर उनले सामाजिक सञ्जालमा बुधबार बिहानै‘सर्वाधिक कठिन समय’, भनेर ट्वीट गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले  अचानक मन्त्रिपरिषदको बैठक बोलाएपछि नेकपा बृत्तमा मन्त्रिपरिषद बैठकको औचित्य खोजी सुरु भएको छ । प्रधानमन्त्रीले आफैंले पार्टी सचिवालयमा गरको निर्णय अनुसार आज बैठक बस्ने तय भएपनि सोही समय र स्थानमा मन्त्रिपरिषदको बैठक जुधाएका छन् । 

यसरी बैठकको समय जुधाउनुका पछि के कारण हुन सक्छ, प्रधानमन्त्रीको तयारी के छ ? भन्ने अड्कलबाजिका बीच सरकारले चाल्न सक्ने केही कदमहरु सतहमा आएका छन् । 

नेकपा सचिवालयका एक सदस्यले समाचार दैनिकसँग भने, 'प्रधानमन्त्री ओलीले यसअघि नै राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश ल्याउन खोजेका हुन् । चौतर्फी दवावपछि फिर्ता गरेका थिए । नेकपामा संकट पर्ने अवस्था आएमा उनले पार्टी फुटाएर नयाँ गठन गर्न सजिलो हुनेगरि सो अध्यादेश फेरी मन्त्रिपरिषदबाट पारित गराउन सक्नेछन् ।'

नेकपा स्थायी कमिटीका एक सदस्यले समाचार दैनिकसँग भने, 'प्रधानमन्त्रीले एउटै समयमा बैठक राखेर अध्यक्ष प्रचण्डलाई सन्देश दिन खोजेको हुनसक्छ । तपाईले मेरा विरुद्ध कुनै निर्णय गर्नुभयो भने, म पनि निर्णय गर्न तयार छु भनेर एउटै समयमा मन्त्रिपरिषद डाकेको हुन सक्छ ।'

प्रधानमन्त्री ओलीले यसअघि कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुग्दै गर्दा आफ्नो पक्षका मन्त्री हटाएमा केन्द्रमा पनि आफूले केही मन्त्री हटाउने (ठूलो कदम) संकेत कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएका थिए । 

संघीय संसद प्रतिनिधिसभा नेकपा संसदीय दलका प्रमुख सचेतक पूर्वमाओवादी खेमाका देव गुरुङ पनि हटाउने संकेत तत्कालिन अवस्थामा प्रधानमन्त्रीको थियो । अहिले पनि उहाँले तीनै मध्यका कदम चाल्न सक्ने आँकलन नेकपा बृत्तमा सुरु भएको छ । 

सचिवालय बैठक छल्ने कि सहभागि भएर सामना गर्ने भन्नेमा प्रधानमन्त्री ओली खेमामा समेत मतभिन्नता छ । ओली खेमाका केही नेताहरुले भने सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले समेत नयाँ प्रस्ताव लैजानुपर्ने धारणा राखिरहेका छन् । यस्तो अवस्थामा त्यसको संभावना समेत रहेको एक नेताले बताए । 

समय र स्थान एउटै भएपनि बहुमत पक्ष भने सचिवालयको बैठक नरोक्ने अडानमा छ । प्रधानमन्त्रीको निवासस्थित सरकारी सचिवालयमा मन्त्रिपरिषद बैठक बसेमा सचिवालयको बैठक पार्टी मुख्यालय धुम्बाराहिमा बस्ने बहुमत पक्षको तयारी छ । 'अहिले सम्म बैठककाे समय र स्थान फेरिएकाे छैन' अध्यक्ष प्रचण्डकाे सचिवालयले भन्याे ।

 

सार्बधिक कठिन समय !

— Yogesh Bhattarai (@yogesbhattarai) November 18, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर