• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रधानमन्त्री सचिवालय बैठकमा बस्न तयार, फेरी पुगे शीतल निवास

काठमाडौं । अनेकौं आशंकाकाबीच प्रधानमनत्री केपी शर्मा ओली पनि बुधबारको नेकपा सचिवालय बैठकमा सहभागि हुने भएका छन् ।

बुधबार एक बजेनै मन्त्रिपरिषदको बैठक डाकेका प्रधानमन्त्री ओलीले बैठक छल्न खोजेको आशंका गरिरहेका बेला प्रधानमन्त्री ओली अन्ततः बैठकमा सहभागि हुने निचोडमा पुगेको बालुवाटार श्रोतले जानकारी दियो । बैठकमा सहभागि हुनकै लागि मन्त्रिपरिषदको बैठक भने २ बजेका लागि सारिएको छ । 

बुधबार बिहान महासचिव विष्णु पाैडेल अध्यक्ष प्रचण्डलाइ भेट्न खुमल्टार जाने तयारीमा थिए । तर उनले टेलिफाेन गरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि तोकिएको समयमै बैठकमा सहभागी हुने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागि भएर बैठक स्थगित गर्न माग गर्न पनि सक्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा काउण्टर प्रस्ताव पनि ल्याउन सक्ने नेकपा उच्च श्रोतले बतायो ।

प्रधानमन्त्री ओली बुधबार विहान फेरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ राष्ट्रपतिसँग भेट गरेका थिए । 

सत्तारुढ नेकपामा विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीदेखि चिनियाँ राजदूत होउ यान्छी समेतको सक्रियता देखिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर