• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

'पार्टीकाे विवादमा बाह्य हस्तक्षेप स्वीकारर्दैनौं' –नेकपा

तस्विर : समाचार दैनिक

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादमा बाह्य हस्तक्षेप नरहेको बताएका छन् ।  

पार्टी विवाद मिलाउन चिनिया राजदूत सक्रिय भएको खवर सार्वजनिक भएपछि उनले पार्टीभित्रको विवादमा बाह्य हस्तक्षेप नरहेको बताएका हुन् ।  

सचिवालय बैठकपछि सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, 'मैले यसलाई हस्तक्षेप गरेको भनेर बुझ्दीन, हामी हस्तक्षेप स्वीकार गर्दैनौ, स्वीकार नगरेपछि हस्तक्षेप हुँदैन ।' 

त्यस्तै प्रवक्ता श्रेष्ठले पार्टीभित्रको समस्याका बारेमा राष्ट्रपतिले छलफल गर्नुलाई अनर्थ बुझ्न नहुने बताए । उनले भने, 'राष्ट्राध्यक्षलाई विवादमा तान्नुपनि ठिक छैन, अन्य कुनै देशको कुटनीतिज्ञलाई पनि तान्नु ठिक हुँदैन '

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर