भारतमा बर्ड फ्लू : नेपालमा उच्च सतर्कता, पूर्वी नाका कति सुरक्षित ?

फाइल तस्विर

झापा । भारतका बिभिन्न राज्यमा पन्छीहरुमा बर्ड फ्लूको संक्रमण देखिएपछि नेपालमापनि उच्च सतर्कता अपनाउन थालिएको छ । 

करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि बिभिन्न नाकामा कडाइ गर्ने भएको हो ।

झापामापनि यस बिषयलाई लिएर उच्च सतर्कता अपनाईएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भारतसँग १४३ किलोमिटर खुल्ला सिमा भएका कारण आफुहरुले उच्च सतर्कता अपनाएको बताएका छन् । 

सिमामा आवातजावतमा रोक लगाईएको भएपनि बिभिन्न बहानामा नेपाल आउँने र भारत जाने क्रम भने नरोकिदा समस्या आउँन सक्ने प्रति आफुहरु सचेत बनेको उनले बताए । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेपनि जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमापनि जानकारी गराउन निर्देशन दिइसकेको छ । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाका प्रमुख डा। बिनय श्रेष्ठले बर्ड फ्लूको संक्रमण आउँन नदिन तथा आईहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा आफुहरुले योजना बनाईरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर