• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रहेनन् साहित्यकार वाशुदेव भट्ट ‘भाइसाब’

काठमाडौं ।  साहित्यकार वाशुदेव भट्ट ‘भाइसाब’को ७८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका भीमदत्त नगरपालिका–१८ कटानस्थित आफ्नै निवासमा आइतबार राति उनको निधन भएको हो।

भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडिन भारतीय जोशीले बताइन् । 

सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको योगदान रहेको छ। भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित थिए। उनी महाकाली साहित्य संगमका संस्थापनक अध्यक्ष समेत हुन्।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे कलम चलाउँदै आएका थिए। उनका दर्जनौं पुस्तक प्रकाशित छन्। भट्टको जन्म २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका–५ मा भएको थियो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर