• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ४८ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ सय ८९ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ७३ जना निको भएका छन् । हाल नेपालमा १ सय ६४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर