कतार विश्वकपः कसले कुन उपाधि जिते ? (फोटोफिचर)
काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । सोस्रो स्थानमा फ्रान्स रह्यो भने क्रोएसिया तेस्रो स्थानमा रह्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्जेन्टिनाका कप्तान लिायनल मेसी भए ।
सर्वाधिक गोलकर्ता फ्रान्सका केलियन एम्बाप्पे भए । उनले कुल ८ गोल गरेका छन् । उनले गोल्डेन बुट जिते । मेसीको गोल संख्या ७ थियो ।
प्रतियोगिताको युवा खेलाडीको उपाधि अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जिते भने उत्कृष्ट गोलकिपरको उपाधि गोल्डेन ग्लब्स अर्जेन्टिनाकै गोलकिपर इमिलियानो मार्टिनेजले जिते ।
फिफा फेयर प्ले को उपाधि इङल्याण्डलाई प्रदान गरिएको छ ।
फोटोः फिफा
प्रतिकृया दिनुहोस