• २०८२ जेठ १ बुधबार
  • Wednesday, 14 May, 2025

अहिलेका लागि टर्यो नाउपा–जनमत एकताः रेशम पक्राउ आकस्मिक कि नियोजित ?

बुटवल । एकता घाेषणाकाे संघरमा पुगेर विथाेलिएकाे मधेशका दुइ नयाँ तर प्रभावशाली दलहरूबीचकाे एकता अहिलेका लागि टरेकाे छ । 

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता अनिश्चित भएको तिनै दलका नेताहरू स्विकार गर्दछन् । पार्टी एकता घोषणा तय गरेकै दिन यही वैशाख १७ मा नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको एकता प्रक्रिया अनिश्चित बनेको हो । चाैधरीकाे पक्राउलाइ आकस्मिक वा नियाेजित भन्नेमा पनि फरक फरक धारणा छन् ।

त्यसयता जनमत अध्यक्ष सीके राउत र उन्मुक्ति संरक्षक चौधरीबीच पार्टी एकताको विषयमा संवादसमेत भएको छैन । जनमतका नेता गम्भीर नभएकाले पार्टी एकता अनिश्चित बनेको उन्मुक्तिका नेताहरूले आरोप लगाएका छन् ।

वैशाख १७ को बेलुका चौधरी थुनामुक्त भएपछि जनमत र उन्मुक्ति नेतृत्वबीच एकताको सहमतिपत्रमा हस्ताक्षरको प्रयास भएको थियो । उन्मुक्तिका नेताहरूका अनुसार जनमतका नेताले ‘एकता गर्न हतार नगरौं’ भनेकाले स्थगित भएको थियो । दुई पार्टीको कार्यदलबीच पदाधिकारी र केन्द्रीय कार्यसमितिको जिम्मेवारी बाँडफाँट टुंग्याउन बाँकी राखेर एकता घोषणा गर्ने तयारी हुँदै थियो ।

जनमतका अध्यक्ष राउतले चौधरी पक्राउ प्रकरणको समीक्षा भइरहेको उल्लेख गर्दै एकताका लागि अझै गृहकार्य गर्नुपर्ने बताए । चौधरी पक्राउ पर्नुको कारणबारे समीक्षा आवश्यक भएको उल्लेख गर्दै उनले यसबारे निष्कर्ष निकाल्न बाँकी रहेको बताए ।

उन्मुक्तिका संरक्षक चौधरीले पछिल्लो समय पार्टी एकताबारे जनमतका अध्यक्ष राउतसँग संवाद नभएको बताए । एकता घोषणा कार्यक्रममा आफू पक्राउ परेपछि एकता प्रक्रिया जटिल हुँदै गएको उनको भनाइ छ । ‘

अनधिकृत पत्रका आधारमा आफूलाई पक्राउ गर्नु र त्यसपछि एकताका लागि जनमतले बेवास्ता गर्नु रहस्यमय भएको चौधरीको भनाइ छ । 

उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ चौधरीले पार्टी एकताबारे जनमत अध्यक्ष राउतसँग आइतबार संसद् भवनमा कुराकानी भएको बताइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर