पिएसजीलाई स्तभ्द पार्दै चेल्सीले जित्यो क्लब विश्वकप

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग तथा फ्रान्सेली लिग वान विजेता पिएसजी अर्को उपाधिको मुखबाट विमुख भएको छ । गएराति अमेरिकामा सम्पन्न फाइनल खेलमा प्रिमियर लिग टिम चेल्सीले पिएसजीलाई निराश बनाएको हो ।
गएराति मेट लाइफ स्टेडियममा भएको फाइनलमा पीएसजीलाई ३–० गोल अन्तरले हराउँदै चेल्सी पहिलोपटक क्लब विश्वकपको उपाधि चुम्न सफल भयाे। चेल्सीको जितमा कोल पाल्मरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे।
पीएसजीविरुद्ध चेल्सीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो। दोस्रो हाफमा पीएसजी १० खेलाडीमा सिमित हुँदा चेल्सीले कुनै गोल थप्न सकेन। बरू पिएसजीले केही राम्रा प्रहार गरेकाे थियाे । तर चेल्सीकाे किपरले असफल पारिदिए ।
पहिलो हाफको २२ औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसको आठ मिनेटपछि अर्थात खेलको ३०औँ मिनेटमा पाल्मरले व्यक्तीगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
पहिलो हाफको ४३औँ मिनेटमा पेड्रोको गोलमा चेल्सीले पीएसजीमाथि ३–० को फराकिलो अग्रता बनाउन सफल भयो।
पहिलो हाफमा नै ३–० ले पछि परेको पीएसजी खेलको ८५औँ मिनेटमा १० खेलाडीमा सीमित बन्न पुग्यो।
मिडफिल्डर जोआओ नेभेसले डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेपछि भारको सहायतामा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी पहिलोपटक फिफा क्लब विश्वकपमा विजयी भयो।
पिएसजी स्पेनिस रियल मड्रिडलाइ हराएर फाइनल पुगेकाे थियाे भने चेल्सीले ब्राजिलियन फुल्मनेसलाइ हराएर पुगेकाे थियाे ।
प्रतिकृया दिनुहोस