• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

काठमाडौंमा लगातार वर्षाः देशभर कहाँ कस्तो छ मौसम ?

काठमाडौं । देशको संघीय राजधानी काठमाडौमा गएराति देखिनै पानी परिरहेको छ । हाल देशभर मनसुन सक्रिय रहेका कारण त्यसको असर देशका अधिकाँश स्थानमा परेको छ । 

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ।

हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर