• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

कैलालीमा एक सय ५५ ग्राम सुन सहित एक पक्राउ 

 कैलाली । प्रहरीले एक सय ५५ ग्राम तीन सय मिलिग्राम सुन सहित एक जनालाई पक्राउ गरेको  छ।

कैलालीको अत्तरिया बसपार्कबाट दार्चुला शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का नारद शाहुका २८ बर्षिय छोरा मदनसिँह शाहुलाई सुन सहित प्रहरीले पक्राउ गरेको हो। सुन सहित पक्राउ परेका शाहुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर