• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कांग्रेसमा नेतृत्व बहस : महाधिवेशनबाट विश्राम लिन्छन त देउवा ?

काठमाडौं । यदी अहिलेको परिस्थितिमा कुनै परिवर्तन नआए नेपाली कांग्रेसको महाधिवेशन ०७७ फागुनभित्र हुन्छ । झण्डै डेढ वर्षपछि हुने महाधिवेशनको सरगर्मी पार्टीभित्र चलिसकेको छ भन्दा फरक नपर्ला ।

अघिल्लो साता तनहुँ पुगेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । 

तनहुँमा महामन्त्री कोइरालाले सभापति देउवाको नाम तोकेरै भने–‘मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुर देउवाको विरोध गरेको होइन तर, पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।’

उनीमात्र होइन कोइराला परिवारभित्रकै अर्का प्रभावभशालि नेता शेखर कोइराला पनि आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् सार्वजनिक कार्यक्रममा नै ।

यसोत, यो आवाज कोइराला परिवारभित्र मात्र पनि होइन् । 

कांग्रेसमा बाहीरबाट प्रष्टसंग देखिएका केही गुटका शीर्ष नेताहरु आगामी महाधिवेशनबाट नेतृत्व लिनेतर्फ सोेचिरहेका छन् ।

पार्टीको विधानमा महाधिवेशन हुनुभन्दा एक वर्ष अघि नै पार्टीका विभिन्न संगठनको चुनाव सकिसक्नपर्ने उल्लेख छ । तर संगठन तथा स्थानीय तहको नेतृत्व भन्दापनि कांग्रेसमा यतिबेला शीर्ष नेर्तत्वको विषयलाई लिएर नै चर्चा परिचर्चा सुरु हुने गरेको छ । 

विभिन्न सार्वजनिक कार्यक्रममा कोइराला मात्र होइनन पार्टीका दोस्रो, तेस्रो तहका कार्यकर्तासमेत कांग्रेस नेतृत्व परिवर्तन गरेर अघि बढ्नपर्ने बताउँदै आएका छन् । महाधिवेशन मिति तोक्न बाँकी भएपनि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका आकांक्षी आन्तरिक सरसल्लाह, जोड घटाउ र तयारीमा जुट्न थालेका छन् । 

झण्डै दुई वर्षको हाराहारीमा हुने महाधिवेशनको बारेमा अहिलेदेखि नै नेतृत्व सजक हुन नसकेको खण्डमा महाधिवेशनबाट नेतृत्व छनौटमा समस्या हुने राजनीतिक विश्लेषकहरुको तर्क छ । 

लामो समयदेखि कांग्रेस राजनीतिसंग नजिक रहेका विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसमा गुट उपगुटको अन्त्य हुनपर्ने बताउँछन् । त्यस्तै, युवा नेता तथा कांग्रेसका केन्द्रयि सदस्य प्रदीप पौडेल प्रखर तथा विषयवस्तुको उठान गर्नसक्ने र पार्टीका हर मर्म बुझ्नसक्ने नेतृत्व आवश्यक रहेको औंल्याउँछन् । समाचार दैनिकसंगको कुराकानीमा उनले भने–‘यतिबेला कांग्रेस नेतृत्वको बारेमा चर्चा परिचर्चा गरिरहनु आवश्यक भइसकेको समय त होइन् । तर, व्यक्तिवादी ढंगबाट नेतृत्व चलिरहने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

पार्टीमा निष्ठा, निरन्तरता, समस्या समाधानको विषयलाई गम्भीर रुपमा उठाउन सक्ने र पार्टीलाई नयाँ धारबाट संचालन गर्नसक्ने नेतृत्व पार्टीमा आवश्यक रहेको उनको तर्क छ । उनले भने–‘नेतृत्व परिवर्तन मात्र कांग्रेसको समस्या नहुन सक्छ । तर, १४ औं महाधिवेशनबाट विचार तथा मुद्दाहरुको प्राथमिकतालाई ध्यानमा राखेर अघि बढ्नसक्ने नेतृत्व आवश्यक छ ।’

नेतृत्व विवादका कारण राष्ट्रिय राजनीति र जनतासंग कांग्रेस टाढा हुँदै गएको भन्दै आगामी महाधिवेशनमा कांग्रेसले यो विषयलाई ध्यान दिएर अघि बढ्नपर्ने बताउँछन, विश्लेषक आचार्य । समाचार दैनिकसंगको कुराकानीमा उनले भने–‘संसदीय दलमा शेरबहादुर जीले देखाएको क्रियाशिलता, पार्टीमा प्रस्तुत गरेको लिडरसिप, असन्तुष्ट नेताहरुको सम्बोधन जस्ता कुराहरुमा अहिलेका सभापति चुकेका छन् ।’ 

कांग्रेसमा प्रष्ट देखिएका देउवा गुट, पौडेल गुट, कोइराला गुट र सिटौला गुट सबैले पार्टी सभापतिको आशा गरिरहेको बताउँदै उनले अहिलेको अवस्थामा पार्टीलाई बचाउने गरी कांग्रेसले नेतृत्व परिवर्तन सोच्नपर्ने बताए । 

विशेष महाधिवेशन गर्न देउवालाई सुझाव
पार्टी सभापति समेत रहेका देउवालाई विशेष महाधिवेशनमार्फत पार्टीका हर समस्याहरुबाट पछि हट्दै आगामी चुनावसम्मको रणनीतिका बारेमा सोच्नपर्ने अवस्था रहेको आचार्यको भनाई छ । उनले भने–‘देउवाजीले सभापतिको रुपमा आफूलाई स्थापीत गर्न खोजिरहँदा देखिएको समस्या समाधानका लागि विशेष महाधिवेशन गर्नुपर्छ ।’

विशेष महाधिवेशनबाट समस्या समाधान गर्नेतर्फ देउवाको विवेक नपुग्ने उनको तर्क छ ।

देउवा दोहोरिएलान् ?
पार्टीका हरेक गतिविधिलाई नियाल्न नसकेपनि देउवालाई रणनीतिक क्षमताका नेताको रुपमा आचार्यले लिएका छन् । भन्छन्–‘आगामी महाधिवेशनसम्म आइपुग्दा देउवाले रणनीतिपरिवर्तन गर्न सक्छन् ।’ 

कांग्रेसका अन्य गुट पनि बलियो नभएको भन्दै उनले अन्य गुटलाई आफूसंग मिलाएर त्यसको प्रत्यक्ष फाइदा देउवाले लिनसक्ने शंकापनि एकातर्फ रहेको उनी बताउँछन् । अहिलेको परिस्थितिमा आफ्नो गुटको नेताको रुपमा देउवा रहेको भन्दै भागवण्डामा जाँदा त्यसको असर कांग्रेसलाई नै पर्ने र आगामी चुनावमा कांग्रेस पुनः हार ब्यहोर्नसक्ने विश्लेषकहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर