• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पर्वतमा पनि भेटियो संक्रमित

कास्की । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७३ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षणमा  स्याङ्जा र पर्वत जिल्लामा गरि १० जना कोरोना संक्रमित थपिएका हुन् ।

स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० बर्षका ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि क्वारेन्टाइनमा रहेका २० बर्षिय १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसै गरी पर्वत जिल्ला, फलेबास नगरपालिका घर भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० बर्षिय २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ बर्षिय ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि हो ।

उनीहरुको स्वास्थ्य सामान्य रहेको र थप उपचारका लागि जिल्ला अस्प्ताल लैजाने तयारी भइरहेको जनस्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर